आमा रुँदा आँसु पुच्छदै साथ दिनु छोरी
तिम्रै निम्ति लड्छु भन्दै माथ दिनु छोरी


नेपालको सदैभरि स्वाभिमान बचाई राख्नु
तिमी माथि अन्याय गरे लात दिनु छोरी

भ्रष्टाचार र देशद्रोहीको अन्त्य तिमीले गर्नै पर्छ
हुन्छ भन्दै यो आमालाई आस दिनु छोरी

निरङ्कुश शासनको अन्त्य गर्ने सहिदलाई
देशको रक्षा गर्छु भनी बात दिनु छोरी
मरिमेटी ल्याएको यो संविधान बचाउँदा
तिमीलाई डस्न आए कोही घात दिनु छोरी
आमा रुँदा आँसु पुच्छदै साथ दिनु छोरी
मनिषा जोशी, शिक्षक किड्स जोन, गोदावरी नगरपालिका – १ कैलाली