खाेज्नुहाेस

तिम्रा आँखा

Image
तिम्रा आँखा जुन जस्तै छन्,
जसलाई हेर्दै म रमाउँछु
attariya hospital
तिम्रा आँखा ब्रह्माण्ड जस्तै छन्
जहाँ म सधैँ हराउँछु।
तिम्रा आँखा समुद्र को पानी जस्तै  हुन
मलाइ डुबाउने साहस राख्छन्
तिम्रा आँखा तारा जस्तै हुन
 जहाँ पनि मलाई नै ताक्छन्।
तिम्रा आँखा जादु गर्छन्
navjiwan hospital
मेरा नजर आफू तिर तानी
तिम्रो आँखामा हेरेपछि
बदलिन्छ मेरो आनीबानी।
तिम्रा आँखा पुस्तक सरी,
जहाँ म आफ्नो कथा भेट्छु,
तिम्रा नजरमा डुबे सरी
तिम्रा आँखाका कविता लेख्छु।
लेखक: शेखर भट्ट
कञ्चनपुर