सपना मेरो मनको मीठो रहर हो,
जसले उज्यालो बनाउँछ अँध्यारो पथ हो।

आसमानको निलो छाता मुनि,
फुल्छन् खुसीका फूल, जिन्दगी रमाइला।
सपना देख्छु उज्यालो भोलिका दिन,
जहाँ सबै दुख हराएर हुन्छ शान्ति।
पङ्ख फेर्न सक्छु म सपनाका साथ,
उड्छु म मनले, खोलाको आवाज जस्तै।
धेरै आशा बोकेको त्यो सानो सपना,

जसले बनाउँछ जीवन रङ्गिन र सुन्दर।
सपना बिना मन झैँ शून्य हुन्छ,
सपना बिना जिन्दगी अधूरो लाग्छ।
सपना मेरो शक्ति, मेरो मार्गदर्शक,
जहाँ पुग्न म चाहन्छु निरन्तर।
सपना सधैँ रहोस् मेरो साथ,
जसले ल्याउँछ नयाँ उज्यालो रात।
सपना देख, बढ्दै जा निरन्तर,
जीवनलाई बनाऊ मीठो र सुन्दर।
लेखक: गीता भाट जनज्योति माध्यमिक विद्यालय कञ्चनपुरकी विद्यार्थी हुन्।

















