खाेज्नुहाेस

सेती प्रादेशीक अस्पताल ५ महिनादेखी नेतृत्वविहिन

Image

कैलाली– कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल नेतृत्वविहिन बनेको छ । अस्पताल विकास समिति अध्यक्ष निर्मल शाहको कार्यकाल गत चैत ७ गते सकिएपछि नयाँ अध्यक्षको नियुक्ति हालसम्म नहुँदा अस्पताल नेतृत्वविहिन बनेको हो ।

navjiwan hospital

अस्पताल नेतृत्वविहिन हुँदा अस्पतालमा नीतिगत निर्णय प्रकृयाहरु प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल नेतृत्वविहिन बन्दा प्रशासनिक सेवाहरु सञ्चालनमै रहेपनि नीतिगत निर्णयहरुमा भने समस्या भैरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए । उनले अध्यक्ष नहूँदा नीतिगत निर्णय तथा नयाँ योजना निर्माणमा असर परेको बताए ।

attariya hospital

अध्यक्ष अभावमा नियमित बैठक, कर्मचारी भत्ता वितरण र करार कर्मचारीको म्याद थपजस्ता विषयमा समेत अन्योलता देखिएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका अस्पताल विगत चार महिनादेखि नेतृत्वविहीन अवस्थामा छन् । त्यसले गर्दा अस्पतालहरुको नीतिगत कार्य प्रभावित भएको छ । अस्पताल विकास समिति नहुँदा अस्पतालको भौतिक, आन्तरिक र बाह्य व्यवस्थापनको कामलाई व्यवस्थित गर्न कठिनाइ भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले बताए ।