खाेज्नुहाेस

अत्तरियामा ब्रम्हाकुमारीको रक्तदान कार्यक्रम, १२२ पिन्ट रगत संकलन

Image

अत्तरिया – ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिबार अत्तरिया स्थित आफ्नै कार्यालयमा अत्तरिया शाखाले कार्यक्रमको आयोजना गरेको हो ।

ब्रम्हाकुमारी ईश्वरी विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्रकी अन्र्तराष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणि ज्यूको १८औ पुण्यतिथिको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको विश्वविद्यालयको अत्तरिया शाखाकी प्रमुख सञ्चालिका ब्रम्हाकुमारी रबिनाले बताईन ।

attariya hospital

उनले उक्त अवसरमा देशभर रक्तदान कार्यक्रम आयोजना गरिएको बताईन । कार्यक्रमबाट १२२ पिन्ट रगत संकलन भएको उनले बताईन । ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयको १०० घण्टाभित्र १ लाख पिन्ट रगत संकलन गर्ने अन्र्तराष्ट्रिय लक्ष्य अनुरुप नेपालमा पनि उक्त कार्यक्रम आयोजना भैरहेको उनले बताईन ।

उनले रगत अभावका कारण कसैले अकालमै ज्यान गुमाउन नपरोस भन्ने हेतुले भदौ ९ गते परेको राज योगिनी दादी प्रकाशमणिको पुण्यतिथिका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताईन ।

navjiwan hospital

रगत मानिसको जिवनसँग जोडिएको कुरा हो : मुख्यमन्त्री शाह

यसैबिच मुख्यमन्त्री शाहले रगत मानिसको जिवन सँग जोडिएको कुरा भएको बताए । ब्रम्हाकुमारी ईश्वरीइ विश्वविद्यालय अत्तरिया शाखाले आयोजना गरेको रक्तदान कार्यक्रमको समुद्घाटन गर्दै उनले रगतको अभावमा मानिसले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहदै आएकाले यसको परिपुर्तिका लागि सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।

‘हामी रक्तदान नै जिवनदान हो भन्छौ, रगत हाम्रो जिवनसँग जोडिएको कुरा हो’ उनले भने ‘कतिपय अवस्थामा रगतको अभावमा मानिसले अकालमै ज्यान गुमाउनुपरेका घटनाहरु पनि घटिरहेका हुन्छन, यस्ता रक्तदान कार्यक्रमहरुले त्यस्ता व्यक्तिहरुको जिवन बचाउन सकिन्छ ।’

मुख्यमन्त्री शाहले प्रदेश सरकारले प्रदेशका सबै अस्पतालहरुमा गत वर्ष देखी निःशूल्क रगत उपलब्ध गराउने निर्णय गरेको बताए । उनले रगत आवश्यक पर्ने व्यक्तिलाई निःशुल्क रुपमा उपलब्ध गराउन सकिने गरि प्रदेश सरकार अघि बढीरहेको बताए । त्यसका लागि रक्तदान कार्यक्रमहरु आयोजना हुन जरुरी रहेको समेत उनको भनाई छ । प्रदेश सरकार यस्ता कार्यक्रमहरुका लागि समन्वय गर्न तयार रहेको बताउदै उनले प्रदेश सरकार रक्तदानलाई अभियानका रुपमा अघि बढाउन तयार रहेको समेत स्पष्ट पारे ।

ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयले आध्यात्मीकतालाई विश्वव्यापी गराउने कार्य गर्दै आएको मुख्यमन्त्री शाहले बताए । उनले शान्ती स्थापना गर्ने, आध्यात्मीक ज्ञान दिने, समाजलाई रुपान्तरण गर्ने तथा मानव सेवाका क्षेत्रमा ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयले काम गर्ने गरेको बताए । उनले रगतको अभाव देखिईरहेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरेको भन्दै आयोजक परिवारप्रति आभार व्यक्त गरे ।