काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले ५ वटा अभ्यास खेलहरु खेल्ने भएको छ । टप एण्ड टी–२० सिरिज समाप्त भएपछि नेपाली क्रिकेट टोलीले थप पाँच अभ्यास खेलहरू खेल्ने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गरेर नेपालका अभ्यास खेलहरुका बारेमा जानकारी गराएको छ । यो तयारी शृंखला अन्तर्गत नेपालले २६ देखि ३० अगस्टसम्म एसीटी र साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले २६ अगस्टमा एसीटीसँग २ खेल खेल्नेछ भने २८ अगस्टमा साउथ अष्ट्रेलियासँग २ खेल खेल्नेछ । त्यस्तै ३० अगस्टमा साउथ अष्ट्रेलियासँग वान डे म्याच खेल्नेछ । टप एण्ड टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल शुक्रबार खेल्दैछ ।


















