खाेज्नुहाेस

११० औं पटक रक्तदान गरेका कैलालीका पत्रकार उपाध्याय सम्मानित

Image

कैलाली– सुदूरपश्चिम प्रदेशमा सर्वाधिक रक्तदान गर्ने कैलालीका पत्रकार दिपक उपाध्याय सम्मानित भएका छन । नेपाली युवा उधमी मंच धनगढी च्यापटर र जिल्लाको घोडाघोडी नगरपालिका– १० पहलमानपुरमा रहेको सहारा युवा क्लबले उपाध्यायलाई सम्मानित गरेका हुन ।

navjiwan hospital

मंगलबार दुवै संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । रक्तदान सद्भावना दुतसमेत रहेका उपाध्यायले युवा क्लबले आयोजना गरेको कार्यक्रममा रक्तदान गरेका थिए । उनले सो मिलाएर हालसम्म ११०औ पटक रक्तदान गरिसकेका छन । कार्यक्रममा उपाध्यायसहित ५१ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष निर्मल कुमार मिश्रले जानकारी दिए । त्यसैगरि दिवसकै अवसर पारेर नेपाली युवा उधमी मंच धनगढी च्यापटरले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको मंचका अध्यक्ष अच्युत दहालले बताए ।

attariya hospital

२५औ अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा दुवै संस्थाले उपाध्यायलाई सम्मानित गरेका थिए । युवा क्लबले प्रसंसा पत्र सहित सम्मान गरेको हो भने मञ्चले उपाध्यायलाई दोसल्ला, प्रशंसापत्र र नगद सहित सम्मान गरेको मंचका प्रथम उपाध्यक्ष आशिष शाहले बताए । रक्तदानको क्षेत्रमा अहोरात्र खटी स्वयम् सयौं पटक रक्तदान गरि रगतको अभावमा रहेका हजारौको जीवन बचाउन खेलेको भुमिकाको प्रशंसा गर्दै उपाध्यायलाई सम्मानित गरिएको शाहले बताए ।