डडेल्धुरा– डडेल्धुरा अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (प्रमेसु) का रूपमा डा. सुधा देवकोटाले जिम्मेवारी सम्हालेकी छन । शुक्रबारबाट डा. देवकोटाले औपचारिक रूपमा अस्पतालको प्रमेसुका रुपमा जिम्मेवारी सम्हालेकी हुन ।

स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा निर्देशक रहेकी डा. देवकोटालाई स्वास्थ्य मन्त्री प्रदीप पौडेलले असार ३१ गते डडेल्धुरा पठाउने निर्णय गरेका थिए ।

जिम्मेवारी ग्रहण कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र निमित्त प्रमेसुका रूपमा काम गर्दै आएका डा. नरेन्द्रकुमार खनालले उनलाई स्वागत गरे ।
अस्पतालमा ११औं तहको प्रमेसुको पद रहेको भए पनि अहिलेसम्म १०औं तहका डा. खनालले जिम्मेवारी सम्हालेका थिए । डा. देवकोटाको जिम्मेवारी सम्हालेसँगै अस्पतालमा गुणस्तरीय सेवा विस्तार र व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ ।

















