खाेज्नुहाेस

डडेल्धुरामा यौनजन्य हिंसाका घटना वृद्धि

Image

डडेल्धुरा – डडेल्धुरामा यौनजन्य हिंसाका घटना वृद्धि भएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा अघिल्लो आर्थिक वर्षको तुलनामा मुद्दा दर्ताको संख्या बढेको छ । २०७९/८० मा ९९ मुद्दा दर्ता भएकामा २०८१/८२ मा १९० वटा मुद्दा दर्ता भएका छन् । ०८०/८१ मा १२० वटा मात्र मुद्दा थिए ।

attariya hospital
navjiwan hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार दर्ता भएका १९० मुद्दामध्ये १११ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् । उनका अनुसार आत्महत्या र भवितव्यज्यान लगायतका मुद्दामा २ वर्ष कुर्नुपर्ने कानुनी प्रक्रिया हुन्छ ।

दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी घरेलुहिंसा, बैंकिङ कसुर, अभद्र व्यवहार, लागुऔषध कारोबार, आत्महत्या, जबर्जस्ती करणी र बाल यौनदुरुपयोग जस्ता मुद्दा देखिन्छन् ।

एक वर्षको अवधिमा घरेलु हिंसाका ४२ उजुरी आएकामा ३३ उजुरी प्रहरीबाटै फछ्र्यौट भएका छन्,