खाेज्नुहाेस

राष्ट्रपति पौडेल र सातै प्रदेश प्रमुख बिच भेट

Image

काठमाडौँ- सात वटै प्रदेशका प्रमुखहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । बुधबार बिहान राष्ट्रिपति भवन शितल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरुले शिष्टाचार भेट गरेका हुन् ।

navjiwan hospital

हाल कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ छन् ।

attariya hospital

बुधवार बिहान सबै प्रदेशका प्रदेश प्रमुखहरुले राष्ट्रपति पौडेलसँग भेटघाट गरेका हुन् । भेटका क्रममा प्रदेश प्रमुखहरुले आफ्नो आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराए ।