खाेज्नुहाेस

स्वदेश फर्किए मुख्यमन्त्री शाह

Image

धनगढी – साताव्यापी भारत भ्रमण सकेर सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह स्वदेश फर्किएका छन् । गौरिफन्टा नाका हुँदै मंगलबार मुख्यमन्त्री शाह सहितको टोली स्वदेश फर्किएको हो । भारत सरकारको निमन्त्रणामा गतसाता मंगलबार मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय उच्चस्तरिय सरकारी टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट भारत भ्रमणमा गएको थियो ।

navjiwan hospital

भारत भ्रमणमा रहँदा मुख्यमन्त्री शाहले विशिष्ट व्यक्तिहरुसँगको भेटघाटमा कृषि, पर्यटन, उर्जालगायत क्षेत्रको विकास सन्दर्भ छलफल गरेका थिए । टोली लखनउबाट स्थलमार्ग हुँदै धनगढी आइ पुगेको हो । मुख्यमन्त्री शाहले भ्रमणका क्रममा भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिहं धामी र अन्य मन्त्रीहरु सित भेटवार्ता गरेका थिए ।

attariya hospital

भारत भ्रमण निकै उपलब्धीमुलक रह्यो : मुख्यमन्त्री शाह