धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भारत भ्रमण सुदरपश्चिमका लागि निकै उपलब्धि मुलक रहेको बताएका छन । एक साता लामो भारत भ्रमण पछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री शाहले भ्रमण उपलब्धि मुलक रहेको बताएका हुन ।
उनले भ्रमणका क्रममा दार्चुलामा मोटरेवल पुल, बैतडीको झुलाघाट तथा डडेल्धुराको मोटरेवल पुलका बारे भारतको ध्यानाकर्षण गराएको बताएका छन् । यसका साथै कञ्चनपुरमा बन्न लागेको दोधरा–चाँदनी सुख्खा बन्दरगाहका बारेमा समेत छलफल गरेको शाहले बताए ।


मुख्यमन्त्री शाहले सीमा–सरुक्षा, आप्रवासी नेपालीको हित प्रवद्र्धन, कृषी एवं धार्मिक सास्ंकृतिक सहकार्य, पर्यटन प्रबद्र्धन, ज्ञान तथा प्रबिधिमा सहिकार्य र उर्जामा सम्भावित लगानीका बिषयमा सवांद भएको बताए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सगंको भेटमा खक्रौला–तिकुनिया र कञ्चनपुरको बेलौरी–खजुरिया सडक स्तरोन्नतीका लागी आग्रह गरिएको मुख्यमन्त्री शाहको भनाई छ । यसका साथै भारतका बिभिन्न उधोगीहरु सगंको छलफलमा सुदूरपश्चिम सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन सहभागिता सगैं यहाँका सम्भावित क्षेत्रबारे चर्चा भएको जनाइएको छ ।
बिभिन्न बिकास सम्बन्धी छलफल गरेका मुख्यमन्त्री शाहले सुदुरपश्चिमका सिमा नाकाहरुको समस्या सगैं सिमावर्ती बजारमा उपलब्ध लागुऔषधले नेपालमा पारेको प्रभाव बारे समेत जानकारी गराइएको शाहले जानकारी दिए । सिमा क्षेत्रमा पाइने लागुऔषधको नियन्त्रण सगैं सिमामा नेपालीले भोग्ने समस्या बारे मुख्यमन्त्रीहरुलाई जानकारी गराइएको मुख्यमन्त्री शाहले बताएका छन् ।
उनले उत्तराखडका मुख्यमन्त्री धामी र उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथलाई सुदूरपश्चिम भ्रमणको निम्तो समेत दिएको बताए ।
