
काठमाडौँ- दुर्गा प्रसाईले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । प्रसाईको सचिवालयले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ ।
सचिवालयले भनेको छ ‘अहिले २ घण्टा अगाडी हाम्रा अभियान का सयोजक श्री दुर्गा प्रसाईंले ज्युले आफ्नो सुरक्षाको लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ,हिजो मात्र हामि ले भिडियो मार्फत हाम्रो ज्यान को सुरक्षाको ग्यारेन्टी भए २४ घण्टा भित्र उपस्थित हुन्छौ भनेका थियौ र आज उपस्थित भयौ ।’


















