खाेज्नुहाेस

अछाममा नक्कली कागजातका भरमा वन फडानी गर्ने सचिव पक्राउ

Image

अछाम –  अछामकाे कमलबजार नगरपालिका–५ स्थित पाचुल्ली वनमा किर्ते कागजातका आधारमा वन पैदावारको अनुमति लिएर फडानी गरेको आरोपमा सामुदायिक वन उपभोक्ता समितिका सचिव छत्रराज तिमिल्सैना पक्राउ परेका छन्।

navjiwan hospital

पाँचुल्ली चैतेपातल सामुदायिक वनको नाममा नक्कली कागजात बनाएर चोत्रो (डाँठ, पात, बोक्रा) पैदावार बिक्रीका लागि डिभिजन वन कार्यालय मंगलसेनबाट अनुमति लिइएको थियो। विरोध भएपछि डिभिजन वन कार्यालय अछामले अनुसन्धान थालेको र त्यसकै आधारमा सोमबार तिमिल्सैनालाई पक्राउ गरिएको प्रमुख जनक पाध्याले जानकारी दिए।

attariya hospital

अनुसन्धानका क्रममा फागुन १२ मा भएको भनिएको समिति बैठक वास्तवमा एक वर्षअगाडिको भेलाको आधारमा कागजात तयार पारिएको खुलेको छ। समितिका अध्यक्ष जयप्रकाश उपाध्यायले आफू छ महिनादेखि जिल्लाबाहिर भएकाले सो मितिमा कुनै बैठक नभएको पुष्टि गरे।

स्थानीयवासीका अनुसार १३ हजार केजी चोत्रोको सहमति देखाएर ४५ हजार केजी पैदावारको प्रचार गरिएको थियो। सामुदायिक वन ऐन अनुसार यस्तो मुद्दा आम भेलाले कारबाही गर्न सक्ने भए पनि त्यो नभएकाले डिभिजन वन कार्यालयले अनुसन्धान अघि बढाएको हो। अन्य व्यक्तिको संलग्नता बारे पनि अनुसन्धान भइरहेको छ।