खाेज्नुहाेस

बाजुरामा हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रभावकारिता बढ्दै

Image

बाजुरा – बाजुरामा घरेलु तथा लैङ्गिक हिंसाबाट पीडित महिलाहरूको पक्षमा स्थापित ‘‘एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)’ ले प्रभावकारी सेवा दिइरहेको छ। पछिल्लो समय यो केन्द्र पीडितहरूको उपचार, कानुनी सहयोग र सुरक्षाका सवालमा उल्लेखनीय काम गर्न सफल भएको छ।

navjiwan hospital

जिल्ला अस्पताल बाजुरामा सञ्चालनमा रहेको यो केन्द्रले विशेषगरी महिलाहरूलाई लक्षित गरेर सहज सेवा प्रवाह गर्दै आएको छ। सेवा लिन आउने पीडितहरूको संख्यामा क्रमशः वृद्धि भइरहेको छ ।

attariya hospital

ओसिएमसीका फोकल पर्सन तथा सहजकर्ता नर्सिङ्ग नीरक्षिक निशा रोकायाका अनुसार बाजुराका नौवटै पालिकाबाट सेवा लिन आउनेहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। उनले भनीन् ‘यो सकारात्मक संकेत हो कि अब हिंसा सहेर बस्नुको सट्टा आवाज उठाउने र सहयोग लिने प्रवृत्ति बढ्दै गएको छ।’

स्थानीय तहबाट समेत पीडित महिलाहरूको उपचार, पुनर्स्थापना तथा मनोपरामर्शमा सहयोग मिलिरहेको बताइएको छ।