खाेज्नुहाेस

कैलालीबाट २ ग्राम ४६० मिलिग्राम लागु औषध सहित ४ जना पक्राउ

Image

अत्तरिया – कैलाली प्रहरीले २ ग्राम ४६० मिलिग्राम खैरो हिरोइन सहित बुधबार ४ जनालाई पक्राउ गरेको छ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटी गएको टोलीले धनगढी उप-महानगरपालिका–४ मा रहेको चन्द्र दिप बोग्टान होटलमा शंका लागेपछि अछाम मंगलसेन–५ बस्ने १७ वर्षीय भुवन आउजी र १८ वर्षीय डम्बर आउजीलाई जाँच गर्दा १ ग्राम २४० मिलिग्राम खैरो हिरोइन फेला परेको छ।

attariya hospital

त्यसैगरी, वडा प्रहरी कार्यालय धनगढी र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी–६ जंगल रिसोर्ट नजिक २६ वर्षीय आशाराम चौधरी र २९ वर्षीय दिल बहादुर चौधरीलाई जाँच गर्दा १ ग्राम २२० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।

चारै जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।