खाेज्नुहाेस

नालापानी किल्लामा पुगे पूर्व मुख्यमन्त्री रावल

Image

कञ्चनपुर – सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल नालापानी किल्लामा पुगेका छन् । शुक्रबार नालापानी किल्ला पुगेका उनले नेपाली वीरताको गौरवमय इतिहासलाई सम्मान गर्दै यसको अन्तर्राष्ट्रिय प्रचार गर्नुपर्नेमा जोड दिए।

navjiwan hospital

उत्तराखण्डको देहरादूनमा आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटन महोत्सवका क्रममा उनले वीर बलभद्र कुँवर र उनका सहयोद्धाहरूको साहस र बलिदानको स्मरण गरे। रावलले भने, “वीरता सिमानाभन्दा परको विषय हो। नेपाली वीरताको गौरव कुनै निश्चित भूगोलमा सीमित हुनु हुँदैन, यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जरुरी छ।”

attariya hospital

सन् १८१४–१८१६ को अङ्ग्रेजनेपाल युद्धमा बलभद्र कुँवरले नालापानीमा अद्वितीय साहस देखाएका थिए। अङ्ग्रेज सेनाले किल्ला कब्जा गर्न खोजे पनि बलभद्र र उनका सिपाहीहरूले वीरतापूर्वक प्रतिकार गरेका थिए।

रावलले नेपाल सरकारले नालापानीलाई विश्वसमक्ष चिनाउन पहल गर्नुपर्ने सुझाव पनि दिए।