अछाम– अछाममा लठ्ठा चुडिएर खच्चड फसेको झोलुङ्गे पुल हालसम्म मर्मत भएको छैन । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुङ्गे पुलको लठ्ठा चुँडिएको १० महिना बढी भईसक्दा समेत हालसम्म मर्मत हुन नसकेको हो ।

पुलको लठ्ठा चुडिएर खच्चड अड्किएको भिडियो तथा समाचार सामाजिक सञ्चालमा भाईरल भएपछि यो देशव्यापी रुपमा चर्चित बनेको थियो । तत्कालिन समयमा खच्चडहरुको उद्धार पश्चात तत्काल सो पुलको मर्मत गरिने बाँचा गरेकाहरु पनि अहिले देखिन छाडेका छन । तिन वटै तहका सरकारले आफ्नो बजेट ल्याएर काम गरिरहदा पुलको मर्मतमा भने कसैले पनि ध्यान दिएको देखिदैन ।

कर्णाली नदीमाथिको झोलुंगे पुलको २०८१ जेठ २७ गते लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका थिए । पछि कर्णाली नदिमा खच्चड खसालेर उद्दार गरिएको थियोे । पुलमा फसेका १४ वटा खच्चडको ६ घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । सो घटनामा एउटा खच्चडको पुलमै र अर्को एकको नदीमा खसेर मृत्यु समेत भएको थियो ।
















