खाेज्नुहाेस

अछाममा बहु–विवाह गरेकी महिला पक्राउ

Image
file photo

अछाम – अछाममा बहु–बिवाह मुद्दाकी फरार महिला पक्राउ परेकी छन्। तुर्माखाँद गाउँपालिका–४ चिसि बस्ने २४ वर्षीया तुलसी बुढालाई सोमवार प्रहरीले पक्राउ गरेको हो।

navjiwan hospital

बहु–विवाह मुद्दामा जिल्ला अदालत अछामको फैसलाले १ वर्ष ४ महिना कैद सजाय र १३ हजार ३३३ जरिबाना तोकिएकी तर फरार रहेकी बुढालाई प्रहरी चौकी तुर्माखाँदबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

attariya hospital

पक्राउ परेकी बुढालाइ जिल्ला अदालत अछाममा बुझाइ कारागार चलान गरिने प्रहरीले जनाएको छ।