खाेज्नुहाेस

अछाममा प्रहरी चौकीको भवन जीर्ण

Image

अछाम – सशस्त्र द्वन्द्व कालमा क्षतिग्रस्त भएको प्रहरी चौकी मंगलसेनको भवन जीर्ण बनेको छ । तत्कालीन जिल्ला प्रहरी कार्यालयको भवनमा रहेको चौकी मर्मत नगरिँदा अहिले जीर्ण बनेको हो ।

navjiwan hospital

त्यसैमाथि पटक पटक आउने भूकम्पको धक्काले प्रहरी चौकीको मुख्य भवन, भान्सा, शौचालय र आवास गृह थप जीर्ण बनेका छन् । कार्यालयभित्रका सामान र हतियारसमेत जोगाउनका लागि पानी परेको समयमा प्रहरीले त्रिपालले छोप्दै आएको छ । ‘भान्साभित्र बसेर खाना नखाएको धेरै भइसक्यो ।

attariya hospital

भूकम्पको धक्काले पूरै चिरा परिसकेको छ । कार्यालय सञ्चालन गर्नेदेखि प्रहरी कर्मचारी बस्ने पूरै कोठा चुहिने गरेको छ,’ प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक गगनबहादुर बोगटीले भने, ‘म जवान भएका बेला २०५५ मा मंगलसेन आउँदा पनि यही भवन थियो । अहिले पनि यही छ । त्यति बेलै जस्ताले छाएको हो । अहिले त जस्तामा प्वाल परेर चुहिने भएको छ ।’

भान्सा, प्रतीक्षालय, तारबारजस्ता सामान्य संरचना बनाउन स्थानीय तहसँग पटक पटक आग्रह गरिरहेको उनले बताए । यसअघि पनि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानीय तहका प्रमुखले अनुगमन गरेका थिए । ‘अछामको मुख्य बजारमा रहेको चौकी हो । प्रहरी कार्यालय बजारबाट टाढा छ । अरूलाई सुरक्षा दिने हामी प्रहरी जोखिममा छौँ,’ उनले भने ।