अछाम – अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बिहिबार पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान भिरबाट लडेर ६८ वर्षीया बासु शाहिको मृत्यु भएको हो ।
बाख्रा चराउने क्रममा भिरबाट लडेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।