अत्तरिया – डडेल्धुराबाट प्रहरीले ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सोमबार जिल्ला अदालत डडेल्धुराले वन र बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर गरेका २ जना पक्राउ परेका हुन ।


पक्राउ पर्नेमा बिना इजाजत साल जातका रुख काटेको मुद्दामा प्रतिव्यक्ति ३ महिना कैद सजाय र १ लाख ३२ हजार ८ हजार जरिवाना तोकिएका परशुराम नगरपालिका – ७ का ४२ वर्षीय हर्क बहादुर धामी, ४६ वर्षीय महावीर धामी र ६० वर्षीय चक्र धामी पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै बाल यौन दुर्व्यवहार मुद्दामा ५ महिना १५ दिन कैद सजाय, ३५ हजार जरिवाना, ३५ हजार क्षतिपुर्ती र १ हजार ४ सय पीडित राहत कोषमा जरिवाना तोकिएका आलिताल गाउँपालिका – ६ फल्ले खर्कका २४ वर्षीय विक्रम बहादुर बिष्ट पक्राउ परेका छन् ।




















