डडेल्धुरा – डडेल्धुरामा सहकारी चोरी आरोपमा अध्यक्ष र प्रबन्धक सहित ५ जना पक्राउ परेका छन् । परशुराम नगरपालिका–४ कटालमा रहेको शीर्ष साना किसान कृषि सहकारी संस्थामा रकम चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा सहकारीका अध्यक्ष वीरेन्द्र विष्ट, प्रबन्धक हरिश प्रसाद भट्ट, सहायक प्रबन्धक सुमित्रा भट्ट लगायत अन्य सहकारीसँग आबद्ध व्यक्तिहरू रहेका छन् । उक्त सहकारीमा गत चैत २३ गते कार्यालयबाट ११ लाख १३ हजार चोरी भएको थियो । करिब एक वर्ष पछि पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताएका छन् ।




















