अछाम – अछाममा माटोको ढिस्कोले पुरिँदा एकाघरकै जेठानी, देउरानीको मृत्यु भएको छ । मंगलसेन नगरपालिका –९ पान्लिभिडमा चैते दसैंका लागि घर लिपपोत गर्नका लागि माटो ल्याउन गएका मंगलसेन नगरपालिका – ८ सुतुडाका २७ वर्षीय जेठानी देउरुपा बोहरा र २३ वर्षीय देउरानी विनीता बोहराको मृत्यु भएको हो ।

सोमबार दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।

घटनाको थप जानकारीका लागि प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।
















