खाेज्नुहाेस

सुदूरपश्चिममा निर्माण भएका कोल्ड स्टोरका कागजात पेश गर्न निर्देशन

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई प्रदेशभर निर्माण भएका कोल्ड स्टोरहरूको निर्माण सम्बन्धी सम्पूर्ण कागजात पाँच दिनभित्र पेश गर्न निर्देशन दिएको छ।

navjiwan hospital

समितिको बुधबार बसेको बैठकले प्रदेश सरकारद्वारा निर्माण गरिएका कोल्ड स्टोरहरू सञ्चालनमा नआएको र केहीको निर्माण अधुरो रहेको भन्दै मन्त्रालयलाई कागजात पेश गर्न निर्देशन दिएको हो।

attariya hospital

सामाजिक विकास समितिका सभापति धर्म राज पाठकका अनुसार समितिले कृषि मन्त्रालयले निर्माण गरेका १० वटा कोल्ड स्टोरमध्ये कुनै पनि सञ्चालनमा नरहेको पाएपछि बुधबार मन्त्रालयका निमित्त सचिव गोकुल बोहरा र कृषि निर्देशनालयका निर्देशक खगेन्द्र प्रसाद शर्मासँग छलफल गरेको थियो।

छलफलपछि समितिले कोल्ड स्टोर निर्माणसम्बन्धी कार्यविधि, ठेक्का सम्झौता, र बेरुजु विवरणसहित सम्पूर्ण कागजात पेश गर्न निर्देशन दिएको छ।