खाेज्नुहाेस

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड चैत ७ गते हुने

Image

धनगढी – सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१ आगामी चैत ७ गते आयोजना हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सोमबार छैटौं संस्करणको मिति घोषणा गरेको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सुदूरपश्चिमका खेलाडी र प्रशिक्षकलाई ८ विधामा अवार्ड प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी (पुरुषरमहिला), उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, तथा सुदूरपश्चिम आइकन (पुरुषरमहिला) विधाका विजेताहरूलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ।

attariya hospital

मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ। सम्झौतामा परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह र मञ्च अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन्।