खाेज्नुहाेस

डडेल्धुरामा बलात्कारको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ

Image

डडेल्धुरा – डडेलधुरामा बालिकालाई बलात्कार गरेको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ परेका छन् । १६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा आलिताल गाउँपालिका–७ बस्ने ५८ वर्षीय भोजबहादुर बोहरा पक्राउ परेका हुन ।

navjiwan hospital

प्रहरीले पीडितका दाइले दिएको बलात्कारको उजुरीका आधारमा पक्राउ गरिएको जनाएको छ । उजुरीमा गत असारमा करणी गरेको उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

attariya hospital

बलात्कार आरोपी बोहरालाई प्रहरीले शनिवार पक्राउ गरेको जनाएको छ ।