खाेज्नुहाेस

अछामका दुई पालिकाका ९ वडामा नयाँ परियोजना लागु

Image

अछाम– पोषण सुधारका लागि अछामका दुई पालिकाका ९ वटा वडाहरुमा नयाँ परियोजना लागू भएको छ । जिल्लाका साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका ९ वटा वडाहरुमा पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशीलता कृषि प्रणालीमा महिला परियोजना लागू भएको हो ।

navjiwan hospital

साँफेबगर नगरपालिकाका ५ र चौरपाटी गाउँपालिकाका ४ वटा वडाहरु उक्त परियोजना सञ्चालन भएको छ । जसलाई डब्लु एचएचको आर्थिक सहयोगमा वाक नेपाल, पीसवीन र समविकास नेपालले कार्यान्वयन गर्न लागेको बताईएको छ ।

attariya hospital

डब्लु एचएचका प्राविधिक विज्ञ मानवहादुर धनामगरले साँफेबगरका वडा नम्बर २, ३, ९, १० र १४ तथा चौरपाटीका वडा नम्बर ४, ५, ६ र ७ मा सो परियोजना लागु भएको बताए । उनले ७५ प्रतिशत जर्मन सरकार र २५ प्रतिशत डब्लुएचएचको आर्थिक सहयोगमा परियोजना संचालन हुने जानकारी दिए ।

पीसविनका कार्यक्रम संयोजक सुरेन्द्र बहादुर सेरालाले परियोजनाबाट कार्यक्रम अवधीभर २ हजार ५०० घरधुरी लाभाम्वित हुने बताए । उनले परियोजनामा कुल साढे ९ करोड बजेट खर्च हुने बताए ।