खाेज्नुहाेस

बाजुराका विद्यार्थीलाई सिकाईंदै तरकारी खेती

Image

बाजुरा –बाजुराका अधिकाशं विद्यालयले पछिल्लो समय विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन् । विद्यालयमा बालबालिकाहरुलाई खुवाईदै आएको दिवा खाजा तथा खेलकुद सामग्री खरिद गर्न सहज हुनेगरी पछिल्लो समय विद्यालयले यहाँका अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका हुन् । विद्यालयमा पढाइसँगै तरकारी खेतीका बारे सिकाइने गरेको बुढीनन्दा नगरपालिका – ९ ढप्क स्थित सिद्धेश्वरी अनाथ जनजातीय तथा आवासीय आधारभूत विद्यालयका छात्रा छाया गुरुङले बताइन् ।

navjiwan hospital

‘विद्यालय वरीपरी धेरै जमिन छ । दुइ वर्षदेखि हामीले त्यो सबै जमिनमा तरकारी लगाउँदै आएका छौं’ उनले भनीन् ‘हामी सबै विद्यालयमा बस्छौं । विद्यालयमै खान सुत्नको राम्रो व्यवस्था छ । त्यसैले दिवा खाजा तथा बिहान बेलुकीको खाना सहज हुने गरी अहिले हामीले विद्यालयमै तरकारी उत्पादन गर्न थालेका हौ ।’

attariya hospital

यहाँको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका अधिकाशं विद्यालयहरुले बालबालिकाहरुको पढाइ सगसँगै विद्यालयमा तरकारी लगाउँन सिकाउँदै आएका छन् ।

बालबालिकालाई सानैदेखि आफैंले केही गर्न र उनीहरुको जीवनमा आइपर्ने हरेक बाधा अड्चनहरुलाई सहजरुपमा पार गर्न सकुन भन्ने उद्देश्यले पछिल्लो समय पढाइसँगै उनीहरुलाई तरकारी लगाउन तथा अन्य उनीह्रुलाई जिवनमा आवश्यक पर्ने विभिन्न सीप सिकाउने गरेको सिद्धेश्वरी अनाथ जनजातीय तथा आवासीय आधारभूत विद्यालयका प्राधानाध्यापक तुलाबहादुर रावतले बताए ।