खाेज्नुहाेस

कार्यालय प्रमुखविहीन मंगलसेन नगरपालिका

Image
navjiwan hospital

अछाम – मंगलसेन नगरपालिका एक महिनादेखि कार्यालय प्रमुखविहीन बनेको छ। वरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठ कर्मचारीलाई जिम्मेवारी दिइएको भन्दै माघ ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ स्थानीय तहका कार्यालय प्रमुखहरूको जिम्मेवारी रद्द गरेको थियो। यसअन्तरगत मंगलसेन नगरपालिकाका खकेन्द्रबहादुर सोडारीको जिम्मेवारी पनि हटाइएको थियो ।

नगर प्रमुख पदमबहादुर बोहराले कार्यालय प्रमुख नहुँदा विकास निर्माण र सार्वजनिक सेवा ठप्प भएको बताएका छन्। ज्येष्ठ कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन अस्वीकार गरेपछि नगरपालिकाको काम ठप्प भएको हो। नगरपालिकाले ७२ घण्टाभित्र रिक्त पदमा कर्मचारी पठाउन पत्राचार गरे पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन।

attariya hospital