खाेज्नुहाेस

अर्जुन ट्रफीका खेल हेर्न खल्ती एपबाट टिकट काट्न सकिने

Image

अत्तरिया– अर्जुन ट्रफीका खेल हेर्न खल्ती एपबाट टिकट काट्न सकिने भएको छ । प्रत्यक्ष रुपमा मैदानमा गएर खेल हेर्नका लागि खल्ती एपबाट टिकट काट्न पाईने भएको हो ।

प्रतियोगिताको टिकेटिङ पार्टनरको रुपमा खल्ती जोडिएको छ । प्रतियोगिताका खेलहरु हेर्नका लागि खल्ती एपमा अर्जुन ट्रफीको टिकट काट्ने सुविधा सुरु भईसकेको छ । डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई टिकट बराबरको आकर्षक उपहार पनि दिईने भएको छ । टिकटको मुल्य बराबरको उपहार दर्शकहरुले पाउने आयोजकले जनाएको छ ।

attariya hospital

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा दर्शकहरुलाई मैदानमा आएर खेल हेर्नका लागि भिआईपी तर्फ दुई सय र साधारण तर्फ एक सय रुपैया टिकट दर तोकिएको छ । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा दर्शकहरुलाई बस्नका लागि कृतिम प्याराफिट बनाईएको छ ।

हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानमा निर्माण गरिएको कृतिम प्याराफिटलाई धनगढी ल्याएर जडान गरिएको छ ।