खाेज्नुहाेस

गृहमन्त्री र यातायात मन्त्रीद्वारा महाकाली पुलको अवलोकन

Image

कञ्चनपुर – गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कञ्चनपुरको महाकाली पुलको अवलोकन गरेका छन् । उनीहरूले शनिवार महाकाली नदीमा निमार्ण भइरहेको चार लेन पक्की पुलको स्थलगत अवलोकन गरेका हुन । सो क्रममा उनीहरूले पुलको बाँकी काम चाँडो सक्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन समेत दिएका छन् ।

navjiwan hospital

ठेकेदार कम्पनीले चौथो भेरिएसन स्वीकृत नभएपछि गत महिना पहुँच मार्ग खनेर सडक अवरुद्ध गरेपछि विवाद उत्पन्न भएको छ । ठेकेदार कम्पनीले भेरिएसन स्वीकृत नभएसम्म काम नगर्ने अडान लिएपछि मन्त्रीद्धयले पुलको आफै अवलोकन गरेका छन् ।

attariya hospital

कुमार सिएफईसी जोईन्ट भेन्चरले २०७४ मा पुल निर्माण ठेक्का लिएको छ । चौथो भेरिएसन स्वीकृति भएपछि ठेक्का रकम चार अर्ब नाघ्नेछ । अहिले ठेकेदार कम्पनीको सम्झौता म्याद पनि सकिएको छ । म्याद थप पनि मन्त्रिपरिषद्बाट हुने छ ।