धनगढी – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले सुदूरपश्चिमलाई ५९ रनले हराएको छ । एपीएफले दिएको एक सय २६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित १८ ओभरको खेलमा छ विकेट गुमाएर ६७ रन मात्र बनायो ।

सुदूरपश्चिमका लागि कविता कुँवरले सबैभन्दा धेरै २९ रन बनाइन् । एपीएफकी इन्दु बर्मा र कविता जोशीले समान दुई÷दुई विकेट लिए । यस्तै सबनम राईले एक विकेट लिइन् ।
त्यसअघि खराब मौसमका कारण १८ ओभरमा कोट्याइएको खेलमा एपीएफले २ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले ५८, ममता चौधरीले ३६ र कविता जोशीले १३ बनाए ।
पराजित भए पनि यसअघि तीन खेल जितेको सुदूरपश्चिम प्रदेश सुपर चारमा पुगेका छ । एपीएफ क्लब पनि अपराजित रहँदै सुपर चारमा पुगेको छ ।



















