खाेज्नुहाेस

पीएम कप महिला क्रिकेटमा सुदूरपश्चिमको लगातार दोस्रो जित

Image

धनगढी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । बुधबार धनगढीस्थित फाप्ला मैदानमा भएका दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ७५ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार दोस्रो जित हात पारेको हो ।

सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश १९.१ ओभरमा अलआउट हुँदै ५२ रनमा समेटियो । लुम्बिनीका लागि सरस्वती पुनले १४ र कप्तान सरस्वती जिएमले १२ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमकी रेवती धामीले ३, आशिका महराले २ तथा कविता कुँवर, ऋतु कनौजिया, करिष्मा थापा र जानकी थापाले समान १–१ विकेट लिए ।

attariya hospital

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १२७ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि कविता कुँवरले ५५ र मनिषा बोहराले २३ रन बनाए ।

यसअघि बुधबार भएको पहिलो खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।