धनगढी– कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले दोस्रो जित निकालेको छ । अघिल्लो दिन कर्णाली प्रदेशलाई १११ रनको फराकिलो अन्तरले पराजित गरेको एपिएफले बुधबार गण्डकी प्रदेशमाथी पनि ८ विकेटको जित हासिल गरेको हो ।
हुस्सुका कारण १५ ओभरमा झारिएको खेलमा टस जितेर एपिएफले फिल्डीङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित १५ ओभरमा ५ विकेटको क्षतीमा ७० रन बनाउन सक्यो । उसका लागि ओपनर तथा कप्तान सिर्जना पौडेलले २५ रन बनाइन् । बलिङमा एपिएफकी बिनु बुढाले २ र करुणा भण्डारीले एक विकेट लिइन् ।

७१ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको एपिएफले ९.३ ओभरका २ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । उसका लागि कप्तान इन्दू बर्माले २६ र रोमा थापाले १४ रन बनाईन ।



















