खाेज्नुहाेस

सार्वजनिक यातायातको भाडा बढ्यो

Image
file photo: attariya buspark

धनगढी – सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले सोमबार देखि नै लागु हुने गरी यात्रुबाहक सवारी साधनको ३.३ प्रतिशतले भाडा वृद्धि गरेको हो ।

navjiwan hospital

मालबाहक सवारीको भने तराइ र पहाडी बाटोको लागि छुट्टाछुट्टै दरमा भाडा बढाइएको छ । तराइको बाटोको लागि साविकको भाडामा ०.०५ प्रतिशत र पहाडी बाटोको लागि ०.८१ प्रतिशतले भाडा बढाइएको हो ।

attariya hospital

भाडा बढाउन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गत पुस ११ मा विभागलाई सहमति दिएका थिए । पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतसम्म घटबढ भएपछि स्वतः भाडा समायोजन गरिन्छ ।

त्यस्तै श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा पनि वर्षको एक पटक भाडा बढाउने गरेको छ ।