बझाङ – बझाङमा जिप दुर्घटनाहुँदा ३ जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिका धमेना नजिकै जीप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको हो ।
सेती सु १ ज ८४३ नम्बरको जीप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।


चारजना सवार उक्त जीपमा चालक सहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले जानकारी दिए।
मृत्यु हुनेमा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी र केदारस्यु गाउँपालिकाका ३३ वर्षीय जीप चालक सम्शेर मल्ल रहेका छन्। दुर्घटनामा बम बहादुर धामीकी ६ वर्षीया छोरी आकृति धामी गम्भीर घाइते भएकी छन्।
उनको उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी पठाएको प्रहरीले जनाएको छ ।
–अपडेट गरिएको

















