बाजुरा – बाजुराका विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत त्रिवेणी नगरपालिका–९ मा रहेको पार्वती माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विद्यालयका शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरेका थिए ।

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शिक्षा र प्रविधिको विकासमा योगदान पु¥याइने प्रतिबद्धता व्यक्त गरे ।



















