धनगढी – कैलालीको धनगढीमा शनिबारदेखि सुदूरपश्चिम महोत्सव सुरु भएको छ । महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन् ।

सो अवसरमा आयोजक कैलाली उद्योग वाणिज्य संघले उद्योगमन्त्री भण्डारीलाई १० बुँदे मागपत्रसमेत बुझाएको छ । पश्चिम सेती जलविद्युत आयोजना र सुक्खा बन्दगाह निर्माण, सेती प्रादेशिक अस्पताल र त्रिनगर–गौरीफन्टा नाकाको स्तरोन्नति लगायतका माग बुझाइएको महासचिव ओम बिष्टले बताएका छन् ।

२०६३ सालमा २१ बुँदे मागपत्र बुझाएर महोत्सवको सुरुवात गरिएको थियो । अझै १० माग पूरा नभएकाले यसपटक १० बुँदे मागपत्र बुझाइएको जनाइएको छ ।

















