खाेज्नुहाेस

साना किसान श्रीपुरको साधारण सभा सम्पन्न, ७७ करोड बढीको कारोबार

Image

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-८ स्याउलेमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच संस्थाको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष केशवराज विनाडीको सभापतित्वमा सम्पन्न कार्यक्रम का प्रमुख अथिति गोदावरी नगरपालिका-८ का वडाध्यक्ष गोविन्द चौधरी रहेका थिए । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, समाजसेवी एवम् शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

attariya hospital

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष विनाडीले, लेखा सुपरिवेक्षण प्रतिवेदन संस्थाका लेखा समिति सदस्य दिपेन्द्र कठायतले, आन्तरिक लेखा परीक्षण प्रतिवेदन लेखा समिति सदस्य प्रेमराज पाठकले, पशु बिमा तथा पशु धन सम्बन्धीको प्रतिवेदन संस्थाका पशुधन सुरक्षण समितिका अध्यक्ष फलराम चौधरीले र संस्थाको नीति कार्यक्रम तथा बजेट मुख्य प्रबन्धक टेकराज भट्टले प्रस्तुत गरेका थिए ।

navjiwan hospital

२०५३ साल चैत २९ गते ३५ जना शेयर सदस्यको ३ हजार ५ सय शेयर पुँजिबाट सुरुवात भएको संस्थामा हाल ५ हजार ७५१ जना शेयर सदस्य रहेका छन् भने संस्थाको शेयर पुँजि ५ करोड ५१ लाख ९९ हजार १०० रुपैया रहेको छ । संस्थाले कृषि क्षेत्रमा काम गर्ने किसानहरुलाई कृषिमा उत्प्रेरित गर्ने कार्य गर्दै आएको छ । संस्थाले साना किसानहरुलाई सहज रुपमा सेवा प्रवाह गर्न सहयोग पुर्याउने भन्दै धनगढी उपमहानगरपालिका३ बोराडाडी र चुरे गाउपालिका-१ शिवनगरमा सेवा केन्द्रहरु सञ्चालन गरेको छ ।

समाजमा व्याप्त गरिवि निवारणका लागि सहकारीको स्थापना भएको बताउँदै संस्थाका मुख्य प्रबन्धक भट्टले जानकारी दिए । उनले साना किसानहरुलाई व्यवसायी बनाउन सहकारी कटिबद्ध रहेको बताए । उनले साना किसानहरुको आर्थिकस्तर उकास्ने कार्यका लागि नै सहकारीले विभिन्न योजनाहरु ल्याएको बताए । उनले विपन्न समुदायका किसानहरुको आर्थिक र व्यवसायीक स्तरोन्नतीका लागि साना किसान सदैव अग्रसर रहने बताए ।

७७ करोड बढीको कारोबार
संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ७७ करोड बढीको कारोबार गर्न सफल भएको छ । संस्थाको आर्थिक प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा संस्थाले ७७ करोड ५६ लाख ३८ हजार ३७६ रुपैयाको कारोबार गरेको छ ।

आर्थिक वर्षमा संस्थाले ६५ करोड ४ लाख ४० हजार ९६ रुपैयाँ बराबरको कारोबार गरेको थियो । यसरी हेर्दा संस्थाले एक आर्थिक वर्षमा १२ करोड बढीको कारोबार गरेको देखिएको छ । उक्त कारोबारबाट संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ८५ लाख ९७ हजार ४३६ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाले १ करोड ७० लाख रुपैयाँ भविष्यमा पर्नसक्ने सम्भावित नोक्सानीको व्यवस्थामा छुट्याएको बताइएको छ ।