काठमाडौँ- आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुन तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको एक हजार ८ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।