खाेज्नुहाेस

लघुवित्त बैंकर्स संघ अत्तरियाद्वारा सुप समावेशीका विद्यार्थीलाई सहयोग

Image

अत्तरिया – नेपाल लघुवित्त बैंकर्स संघ समन्वय समिति अत्तरियाले सुप समावेशी आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा संघले गोदावरी नगरपालिका – २ अत्तरिया रहेको सुप समावेशी विद्यालयका विद्यार्थीलाई सहयोग गरेको हो । उक्त विद्यालयमा हाल अपाङ्गता भएका ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

navjiwan hospital

लघुवित्त समन्वय समितिका उपाध्यक्ष मनोज पण्डितले विद्यालयका विद्यार्थीलाई चिसोमा आवश्यक पर्ने बलांकेट र फलफूल वितरण गरेको बताए । नेशनल लघुवित्तका शाखा प्रमुख पण्डितले दिवसको अवसरमा सामाजिक कार्य गर्न पाउँदा खुसी लागेको बताए ।

attariya hospital

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सूर्योदय वोमी लघुवित्तका शाखा प्रमुख तथा समितिका सचिव दीपक महराले गोदावरी नगरपालिकामा कार्य क्षेत्र भएका सम्पूर्ण लघुवित्तको साझा सङ्गठनले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको बताए ।

उनले सहयोगका कार्यक्रम आगामी दिनहरूमा पनि जारी रहने बताए । उक्त कार्यक्रममा समितिका कोषाध्यक्ष तथा एनएमवि लघुवित्तका शाखा प्रमुख मनीषा चन्द, सदस्यहरू आशा लघुवित्तबाट गणेश प्रसाद भट्ट, नाडेप लघुवित्तबाट खड्क रोकाय, उमेश राज उपाध्याय सहितका पदाधिकारीहरू विद्यालयको सहभागिता रहेको थियो ।