खाेज्नुहाेस

साना किसान सहकारी गेटाको साधारण सभा सम्पन्न

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको साना किसान कृषि सहकारी संस्था लि. गेटाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको २८औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष बासमती कुमारी रानाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विर बहादुर थापा रहेका थिए भने विशिष्ठ अतिथिमा साना किसान विकास लघुवित्त कार्यालयका शाखा प्रमुख हिक्मत बहादुर बम रहेका थिए । कार्यक्रममा साना किसान सहकारीका विभिन्न शाखा कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुका साथै संस्थामा आवद्ध सदस्यहरुको सहभागीता रहेको थियो ।

attariya hospital

कार्यक्रममा बोल्दै मन्त्री थापाले बाहिरबाट आउने सहकारीका कारण सुदूरपश्चिमका सहकारीहरुको पनि बद्नाम भएको बताए । उनले सुदूरपश्चिमका सहकारीहरु कोही पनि नबिग्रिएको समेत बताए । ‘सुदूरपश्चिमका कोही पनि सहकारी बिग्रिएका छैनन्, बाहिरबाट आएका सहकारीहरुका कारण यहाँका सहकारी पनि बदनाम भैरहेका छन’ उनले भने ‘हामी पनि बाहिरका व्यक्तिलाई चिन्दैनौ, उनिहरुको लोभलाग्दो अफरका कारण लोभिदा फस्ने गरेका छौ ।’

navjiwan hospital

उनले सरकारले त्यस्ता सहकारीहरुलाई कानुनी दायरामा ल्याउने गरी कानुन बनाईरहेको बताए । ‘सहकारी राज्यको निश्चित कानुन भित्र बनेको छ, सरकारले त्यसलाई ठिक ठाउँमा काम गर्ने वातावरण बनाउनुपर्दछ । नराम्रो भए राम्रो बनाउने, राम्रो भए अझ राम्रो बनाउने र सुध्रिनै नसक्ने भए कारबाही गर्ने दायित्व पनि सरकारको हुन्छ’ उनले भने ‘त्यसकारण हामीले त्यो नियम बनाउने भनेर प्रकृया अगाडी बढाईसकेका छौ । जनताको लगानी फिर्ता हुने ग्यारेन्टी गर्ने गरी कानुन बन्दैछ ।’ उनले आफूले अन्य सहकारीमध्ये साना किसान सहकारीलाई उत्कृष्ट सहकारीका रुपमा लिने गरेको समेत बताए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाकी अध्यक्ष बासमती रानाले प्रस्तुत गरेकी थिईन भने संस्थाका निति तथा कार्यक्रम संस्थाका मुख्य प्रबन्धक नृप खड्काले प्रस्तुत गरेका थिए ।

२०५८ साल बैशाखदेखी कारोबार थालेको संस्था विधिवत रुपमा भने २०६०/९/२२ गतेदेखी दर्ता भएर सुरु भएको थियो । स्थापनाताका ४८ वटा समुहका ३६५ जना शेयरसदस्यको २४ हजार शेयरपुँजीबाट सुरु भएको संस्थामा हाल ९३४ वटा समुहका ६ हजार १५९ जना शेयर सदस्य आवद्ध छन । जसको शेयरपुँजी ६ करोड ९६ लाख ७३ हजार पुगेको छ । कार्यक्रममा संस्थाको हितमा कार्य गरेका विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

६२ करोडको कारोबार ३ करोड मुनाफा

संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ६२ करोड बढीको आर्थिक कारोबार गर्न सफल भएको छ । उक्त आर्थिक वर्षमा संस्थाले ६२ करोड८१ लाख ११ हजार बराबरको आर्थिक कारोबार गरेको देखिएको छ । जसबाट संस्थाले ३ करोड १७ लाख ३२ हजार ८२३ रुपैया नाफा आर्जन गर्न सफल भएको छ । संस्थामा २९ करोड ९२ लाख ७७ हजार निक्षेप समेत रहेको छ ।