खाेज्नुहाेस

उपनिर्वाचन अन्तर्गत आज प्रचारप्रसार गर्ने अन्तिम दिन

Image

काठमाडौँ- उपनिर्वाचन अन्तर्गत प्रचारप्रसारका लागि निर्वाचन आयोगले तोकेको समय आज सकिँदै छ । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने आयोगले जनाएको छ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । निषेधित अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न पाउँदैनन् ।

attariya hospital

मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा मतदानका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्षका रिक्त ४४ पदमा उपनिर्वाचन भइरहेको हो ।