खाेज्नुहाेस

टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता

Image

काठमाडौँ – भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ। टिकटकले आवश्यक कागजात पेस गरेसँगै हालै विधिवत रूपमा दर्ता गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।

navjiwan hospital

सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक दर्ता भएको मन्त्रालयले जनाएको छ । यसअघि अश्लीलता फैलाएको भन्दै २०८० कात्तिक २७ मा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो। तर, गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो। यससँगै आधिकारिक रूपमा दर्ता गरेर सञ्चालन गर्नको लागि सहमति जनाउँदै टिकटकले आवश्यक प्रक्रिया पुरा गरेको हो ।

attariya hospital

आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व पनि संकलन गर्ने बाटो खुला भएको छ । अब सरकारले टिकटकमा आपत्तिजनक कन्टेन्ट केही आएमा तत्काल नै पत्राचार गरेर हटाउन निर्देशन दिन सक्नेछ ।

हाललाई टिकटकको सिंगापुरस्थित कार्यालयले नेपाल हेर्ने बताइएको छ ।