खाेज्नुहाेस

तिहारपछि सामान्य अंकले घट्यो नेप्से,  ४ अर्बको कारोबार

Image

काठमाडौँ — तिहारको बिदापछि खुलेको पहिलो दिन नेप्सेमा सामान्य गिरावट आएको छ । पहिलो दिनको कारोबारमा नेप्से ०.२१ अंकले घटेको हो । सेयर कारोबार मापक नेप्से परिसूचक २६७७.४० बिन्दुमा बन्द भएको हो ।

मंगलबार ११३ कम्पनीको सेयर मूल्य बढ्यो भने १२३ कम्पनीको मूल्य घट्यो । कूल ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

attariya hospital
navjiwan hospital

४७ हजार ५१५ पटकको सेयर किनबेचबाट ४ अर्ब २० करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कूल ९७ लाख १३ हजार ७१३ कित्ता सेयर किनबेच भएका छन् ।

७ उपसमूहमा सेयरको मूल्य बढ्यो भने ६ उपसमूहमा घट्यो । बढ्ने उपसमूहमा निर्जीवन बीमा, होटल तथा पर्यटन, हाइड्रोपावर अघि रहे ।

घट्ने उपसमूहहरूमा व्यापार, विकास बैंक, बैकिङ र उत्पादन तथा प्रशोधन रहेका छन् ।