खाेज्नुहाेस

सुनको मूल्यमा नयाँ कीर्तिमान, १ लाख ६८ हजार ५ सय पुग्यो

Image
navjiwan hospital

काठमाडौँ- आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ कायम भएको जनाएको छ ।

यो मूल्य अहिलेसम्मकै उच्च हो । आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital