
काठमाडौँ- सुनको मूल्य आज उच्च मूल्यबाट तोलामा चार सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलाको एक लाख ६७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको मूल्यले हिजो तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेर अहिलेसम्मकै धेरै मूल्यको कीर्तिमान बनाएको थियो । आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

















