काठमाडौँ- नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न सुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री सुरु गरेको हो ।

चाँदीको स्मारिका तथा मेडालियन हिजोदेखि बिक्री सुरू भएको र पर्सि बुधवारसम्म किन्न पाइने राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । सुनको असर्फी भने भोलि एक दिन मात्रै किन्न पाइनेछ ।

महाशाखाका अनुसार १० ग्राम, २५ ग्राम र ३५ ग्रामका चाँदीको सिक्का बिक्री भइरहेको छ । सुनको सिक्का २ दशमलव ५ ग्राम तौलको हुने राष्ट्र बैंकले जनाएको छ ।
















