सुनको मूल्य ह्वात्तै बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुन १ हजार ४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

शुक्रबार सुन १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो। यता चाँदी पनि १५ रुपैयाँले बढेको छ। महासंघका अनुसार शुक्रबार २ हजार ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २ हजार ८५ रुपैयाँ पुगेको छ।
















